मन्त्रिपरिषद् बैठकद्वारा विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवा, तीनबुँदे सहमति अनुमोदन

काठमाडौं, फागुन २० । सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपामाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ।

बिहीबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सो समूहमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए।

विप्लव समूहसँग वार्ता भएर तीन बुँदे सहमति भएसँगै सरकारले यसअघि सशस्त्र समूहका रुपमा लगाएको प्रतिबन्ध फुकुवा गरेको हो।

यस्तै बैठकले सरकार र विप्लव समूहको वार्ता टोलीले गरेको तीनबुँदे सहमतिलाई अनुमोदन गर्ने निर्णय गरेको मन्त्री ज्ञवालीले जानकारी दिए।

सरकार र उक्त समूहबीच भएको सहमतिको घोषणा भोलि ९शुक्रबार० काठमाडौंमा विशेष कार्यक्रम आयोजना गरी गरिँदैछ।

घोषणा सभालाई प्रधानमन्त्री केपी शर्मा ओली तथा विप्लवले सम्बोधन गर्ने भएका छन्।

प्रतिक्रिया दिनुहोस्