केही समयमै वृद्धभत्ता पाँच हजार पुगाउँछौं: प्रधानमन्त्री ओली

काठमाडौं, फागुन २० । प्रधानमन्त्री केपी ओलीले केही समयभित्रै वृद्धभत्ता पाँच हजार पुर्‍याउने बताएका छन् । सिन्धुलीमा सुनकोशी–मरिन डाइभर्सन बुहउद्देश्यीय आयोजनाको शिलान्यास गर्दै उनले यस्तो बताएका हुन् ।

२०५१ सालमा आफूहरुले नै मासिक एक सय रुपैयाँबाट वृद्धभत्ता दिने थालेको भन्दै उनले बढाएर तीन हजार पुर्‍याइएको र केही समयभित्रै त्यसलाई पाँच हजार पुर्‍याइने प्रतिबद्धता जनाए । वृद्धभत्ता बढाउनेले केहि बृद्धबृुद्धाहरुमा भने खुशि छाएको छ । यो लागु हुन्छ या हुँदैन त्यो त समयले बताउला ।

साथै उनले अहिलेको राजनीतिमा किचलो आएको र यसमा चीन्ता मानीएको होला तर अब लिनु नपर्ने बताए । पछिल्लो समय ओली जिल्लाका विभन्न कार्यक्रमा जाने क्रम बढेको छ ।

उनले ठाउँ ठाउँमा रहेका विकासका योजनाहरुको शिलन्यास गरिरहेका छन् । जिल्ला दौडाहामा उनी ब्यस्त छन् ।

 

प्रतिक्रिया दिनुहोस्