हवाई इन्धनको मूल्यसँगै हवाई भाडा पनि बढ्यो, कति पुग्यो अब ?
काठमाडौं , फागुन २० । हवाई इन्धनको मूल्यसँगै हवाई भाडा पनि बढेको छ । नेपाल आयल निगमले हवाई इन्धनमा प्रति लिटर पाँच रुपैयाँ बढाएसँगै हवाई भाडा पनि बढेको हो ।
वायुसेवा सञ्चालक संघ नेपालले फागुन २१ देखि लागु हुने गरी नयाँ इन्धन शुल्क अर्थात आमबुझाइमा हवाई भाडा बढाएको हो । इन्धन शुल्क बढाउने निर्णयलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले स्वीकृत दिइसकेको पनि संघले जनाएको छ ।
हवाई इन्धनको मूल्य प्रतिलिटर पाँच रुपैयाँ बढ्दा विमानको इन्धन शुल्क न्यूनतम २० रुपैयाँदेखि अधिकतम २२० रुपैयाँसम्म बढेको संघले जनाएको छ ।
संघको यो निर्णयसँगै काठमाडौं-धनगढी उडानको इन्धन शूल्क सबैभन्दा बढी २२० रुपैयाँ बढेको छ । यस्तै डोटी-साँफेबगरको हवाई इन्धन शुल्क २० रुपैयाँले बढेको संघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्