गृहमन्त्री थापाले भने- विप्लव समुहसँग भएको सहमति ऐतिहासिक, हामी सबैलाई बधाई

काठमाडौँ , फागुन २० । गृहमन्त्री रामबहादुर थापाले विप्लव समुहसँग भएको सहमति ऐतिहासिक भएको बताएका छन् ।

विहिबार सहमति भएपछि सामाजिक संजालमा टिप्पणी गर्दै गृहमन्त्री थापाले विप्लव समुहसँग बुधबार र विहिबार भएको वार्ता सफल भई सकारात्मक परिणाम आउन सफल भएको भन्दै यो सहमति र सम्झौता ऐतिहासिक भएको बताएका हुन् ।

उनले भनेका छन् – नेपाल सरकारको वार्ता टोली र विप्लव नेतृत्वको नेकपाको प्रकाण्डको नेतृत्वमा रहेको वार्ता टोलीबीच हिजो र आज भएको वार्ता सफलभई सकारात्मक परिणाम आउन सफल भएको छ । यो ऐतिहासिक सहमति र सम्झौताका लागि हामी सबैलाई बधाई । सरकारले आफुले गर्ने कार्य तदारुकताका साथ सम्पन्न गर्नेछ, अर्कोपक्षबाट पनि हामीले त्यही अपेक्षा गरेका छौं ।।।

प्रतिक्रिया दिनुहोस्