देउवा भन्छन्- प्रधानमन्त्रीको जिम्मेवारी आए पछि हट्दिनँ

काठमाडौं , फागुन १९ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदको जिम्मेवारी आए पछि नहट्ने बताएका छन् । योसँगै उनले पद स्वीकार्ने संकेत दिएका छन् ।

बुधबार चितवनमा आयोजित कार्यक्रममा बोल्दै सभापति देउवाले आफ्नो पार्टीलाई प्रधानमन्त्री बन्ने प्रस्ताव आए पछि नहट्ने स्पष्ट पारे ।‘कांग्रेसलाई पदको लोभ छैन, तर काँधमा जिम्मेवारी आए पूरा गरेरै छाडिन्छ,’ उनले भने ।

सोही कार्यक्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिपक्षी दलको भूमिकाबाट कांग्रेस कतै पनि डगमगाउनु नहुने बताएका छन् ।पौडेलले कांग्रेस प्रतिपक्षी दलको भूमिकामा रहनु पर्ने भन्दै जनतामा रहेका निराशा हटाउन कांग्रेस लाग्नु लाग्नु पर्ने बताए ।

उनले भने, ‘जनताले विश्वास गर्ने एकमात्र आधार रहेको पार्टी कांग्रेस हो । त्यही अनुसारको आचारण र व्यवहार देखाउन सक्नुपर्छ । राजनीति गर्नेहरुबाट जनता निराशा छन् । जनतामा रहेका निराशालाई फाट्दै यो मुलुकमा कांग्रेसलाई जनताको भरोसाको केन्द्र बनाउनु पर्छ ।’

प्रतिक्रिया दिनुहोस्