सरकार–विप्लव समूहबीचको पहिलो चरणको वार्ता सकियो, के भयो त कुराकानी ?

काठमाडौं, फागुन १९ । सरकार र विप्लवबीचको पहिलो चरणको वार्ता सकिएको छ । योसँगै सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्जको भूमिगत नेपाल कम्युनिष्ट पार्टीबीच औपचारिक वार्ता अगाडि बढेको छ । आज दुबै टोलीबीच विहान पहिलो चरणको वार्ता सम्पन्न भएको हो ।

आजको वार्ता सकिएको र फेरि पनि वार्ता हुने बताएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा करीब डेढ घण्टा दुई पक्षबीच वार्ता भएको हो ।वार्ता स्थान भने गोप्य राखिएको छ । वार्तामा दुई पक्षबीच आ–आफ्नो कुरा राख्नेमा आजको बैठक सकिएको बताइएको छ । यसबारे विस्तृत विवरण आउन भने अझै बाँकी रहेको छ ।

वार्तामा सरकारी पक्षबाट गृहमन्त्री रामबहादुर थापा र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईको सहभागिता थियो भने विप्लव समूहबाट प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र केन्द्रीय सदस्य उदय चलाउने ‘दीपक’ सहभागी थिए ।

सरकारले हिजो मात्र गृहमन्त्रीको संयोजकत्वमा वार्ता समिति बनाएपछि विप्लवले पनि प्रकाण्डको संयोजकत्वमा वार्ता समिति घोषणा गरेका थिए । यसपछि वार्ताको वातावरण भनेको हो ।

प्रतिक्रिया दिनुहोस्