नेकपा (प्रचण्ड–माधव) समूहको केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं, १९ फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड(माधव समूहको केन्द्रीय कमिटी बैठक आज बस्दैछ ।
पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बस्ने बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे रणनीति बनाउन सचिवालयको निर्णय अनुसार आज केन्द्रीय कमिटी बैठक बस्न लागेको हो ।

विघठित संसद सर्वोच्च अदालतले पुनस्र्थापना पार्टीलाइ गतिशिल बनाउन तथा आगामी सरकार गठनका लागि कांग्रेस सभापति शेरबहादुर देउवा,जनता समाजवादी पार्टीका नेताहरुलाई समेत भेटेर छलफल गरिसकेका छन् ।

२३ गते संसद बैठकसमेत आह्वान भैसकेकोले पनि कसरी प्रस्तुत हुने विषयमा प्रचण्ड(माधव समूहले केन्द्रीय समितिबाट रणनीति तय गर्ने बुझिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिएकोले उनीमाथि अविश्वासको प्रस्ताव ल्याउने विषयमा पनि छलफल हुने नेताहरुले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्