संसद सचिवालयको सम्पूर्ण तयारी पुरा, सभामुख सापकोटाले आजदेखि राजनीतिक दलहरुसँग छलफल गर्दै

काठमाडौं, फागनु १९ । सभामुख अग्निप्रसाद सापकोटाले आजदेखि संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुसँग छलफल गर्दै छन् ।

आगामी आइतवार संसद बैठक डाकिएको अवस्थामा सभामुखले राजनीतिक दलहरुसँग बैठकको तयारीबारे परामर्श गर्न लागेका हुन् ।हिजो संचारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैं सापकोटाले आजदेखि दलहरुसँग परामर्श गर्ने बताएका थिए ।

सर्वोच्च अदालतको फैसलाले पुर्नस्थापित भएको प्रतिनिधिसभा र जारी राजनीतिक अवस्थाकाबीच संसद बैठक व्यवस्थित ढंगले सञ्चालन गर्नु सभामुख सापकोटाका लागि निकै कठिन भने देखिन्छ ।

यता बैठक सञ्चालनको लागि संसद सचिवालयले आवश्यक सम्पूर्ण तयारी पुरा गरिसकेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्