उपचार गराएर स्वदेश फर्किए बाबुराम , के रहेछ त रोग लागेको ? यसो भन्छन् भट्टराई
काठमाडौं , फागुन १८ । उपचारका लागि राजजधानीको नयाँ दिल्ली गएका पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा) को संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराई आज नेपाल फर्किएका छन् ।
स्वास्थ्य परीक्षणका लागि उनी भारतको राजधानी दिल्ली गएका थिए । उपचार पूरा भएपछि मंगलबार अपरान्ह काठमाडौं आइपुगेका हुन. ।
न्युरो-इन्डोक्राइनको ट्युमरमा क्यान्सर भएको आशङ्कामा परीक्षणका लागि नयाँ दिल्ली पुगेका भट्टराईले त्यहाँस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा स्वास्थ्य परीक्षण गराएका थिए ।
बायोप्सी परीक्षणपछि चिकित्सकहरुले क्यान्सर नभएको निष्कर्ष निकालेका छन् । तर, दुईरतीन महिनामै ट्युमरलाई शल्यक्रिया गरी फाल्न चिकित्सकले सुझाव दिएका छन् । तत्कालै शल्यक्रिया नभए क्यान्सरको खतरा हुने चिकित्सकको सुझाव छ ।
भट्टराई यही फागुन ९ गते नयाँ दिल्ली गएका थिए ।
प्रतिक्रिया दिनुहोस्