बीएन्डसी शिक्षण अस्पतालको सम्बन्धन प्रक्रिया अगाडी बढिसक्यो: प्रधानमन्त्री ओली

काठमाडौं, फागुन १८ । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको बिर्तामोडमा निर्मित बीएन्डसी शिक्षण अस्पताललाई सञ्चालन अनुमति दिने बताएका छन् ।

झापाको बिर्तामोडमा आज पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन ओलीले बिर्तामोड नगरपालिका( ५ मा नवनिर्मित पूर्वाञ्चल क्यान्सर अस्पतालको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सम्बन्धन दिने प्रक्रिया अगाडी बढाई सकेको बताएका हुन् ।

प्रधानमन्त्री ओलीले अनुमतिका लागि काठमाडौं विश्वविद्यालयबाट प्रक्रिया अन्तिम चरणमा पुगेको बताए ।उनले अस्पताल परिसरमा रहेको शिलालेख अनावरण गरी अस्पताल उद्घाटन गर्नाका साथै कक्षहरु अवलोकन पनि गरेका थिए ।

बिर्तामोडकै दुर्गा प्रसाईँले ६ अर्ब निजी लगानीमा अस्पताल निर्माण गरेका हुन्, जसमा तीन सय शय्या छन् । करीब एक वर्षअघि नै सेवा शुरु गरेको अस्पतालको आज विधिवत् उद्घाटन भएको हो ।

एक वर्षका अवधिमा करीब दुई हजार सात सय बिरामीले अस्पतालबाट सेवा लिएका छन् जसमध्ये करीब एक हजार तीन सय झापाकै बासिन्दा रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्