सरकारले गर्ने भयो विप्लवसँग वार्ता , गृहमन्त्रीको संयोजकत्वमा वार्ता टोली गठन

काठमाडौं फागुन १८ । सरकारले प्रतिबन्ध लगाएको विप्लवलाई वार्तामा आउन सरकारले आग्रह गरेको छ । विप्लवले उत्पातै मच्चाएपछि सरकारले प्रतिबन्ध लगाएको थियो ।

हिजो मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले बम पड्काएर होइन कि मिलेर देश बनाउन तर्फ लाग्न भनेका थिए । यहि कारण सरकारले नेत्रविक्रम चन्द विप्लव समूहसँग वार्ता गर्नका लागि दुई सदस्यीय टोली गठन गरेको छ ।

गृहमन्त्री रामबहादुर थापा बादल र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई सम्मिलित वार्ता टोली गठन गरिएको हो ।सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले विज्ञप्ति जारी गरी विप्लव समूहसँग वार्ताद्वारा समस्या समाधान गर्न २ सदस्यीय वार्ता टोली गठन गरेको बताएका छन् ।

हिंसात्मक तथा आतंककारी गतिबिधि गरेको भनी केपी शर्मा ओली नेतृत्वको यहि सरकारले २०७५ फागुन २८ गते विप्लव समूहमाथि प्रतिबन्ध लगाएको थियो।

प्रतिक्रिया दिनुहोस्