प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने , प्रवक्ता गुरुङ भन्छन्- राजीनामा माग्नेहरुले राजनीतिबाट सन्यास लिए हुन्छ

काठमाडौं , फागुन १७ । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता पार्वत गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा नदिने प्रष्ट पारेका छन् ।

सोमवार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक प्रवक्ता गुरुङलले यस्तो प्रस्ट पारेका हुन् । उनले अहिलेको संक्रमणकालिन अवस्थामा ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिनु उचित नभएको उनले बताए ।

सञ्चारकर्मीहरुले राखेको प्रश्नको जवाफ दिँदै उनले प्रधानमन्त्रीको राजीनामा माग्नेहरुले राजनीतिबाट सन्यास लिनुपर्ने बताए । राजीनमा माग्नेहरुको कडा आलोचना गर्दे उनले यस्तो बताएका हुन् ।
उनले भने “प्रधानमन्त्री ओलीलाई नैतिकताको आधारमा राजीनामा माग्नेहरुको के छ राजनीतिक धरातल ? बुझ्नुपर्यो नि । उहाँहरुले नेपालको धर्तीबाट राजनीतिमा सन्यास लिए हुन्छ ।”

संसद पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलालाई सरकारले स्वागत गरेको तर अहिले नै प्रधानमन्त्री ओलीले राजीनामा नदिने उनले प्रस्ट पारे ।सर्वोच्चको फैसलाअनुसार पनि प्रधानमन्त्री ओलीले अहिले राजीनामा नगर्ने उनको भनाइ छ ।

संसद बैठक आव्हान भइसकेकाले प्रधानमन्त्री ओलीले त्यसैअनुसार संसदीय व्यवस्थामा रहेर आगामी दिनमा फैसाला गर्ने उनले बताए ।साथै गुरुङले प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टी शान्तिपूर्ण राजनीतिमा आउने प्रक्रियामा रहेको पनि जानकारी दिएका छन् ।

पत्रकार सम्मेलनमा प्रवक्ताले विप्लवसँगको वार्ता नजिक–नजिक भइरहेको उनले बताए ।सरकारले विप्लव पार्टीलाई शान्तिपूर्ण बाटोमा आउन पुनः आह्वान पनि गरेको छ । आज मात्रै प्रधानमन्त्री ओलीले पनि विप्लवलाई वार्तामा आउन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्