प्रचण्डको दाबि- पार्टीको आधिकारिकता हामीले पाइसक्यौँ

काठमाडौं , फागुन १७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको आधिकारिकता पाइसकेको दाबी गरेका छन् ।

सोमबार काठमाडौंमा आयोजना गरिएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो दाबि गरेका हुन । निर्वाचन आयोगसँगको छलफल, कुराकानीका आधारमा आफू यो निष्कर्षमा पुगेको बताए ।

अध्यक्ष प्रचण्डले केही दिनभित्रै नयाँ सरकार गठन हुने र ओली वहिर्गमन हुने जिकिर पनि गरे । प्रचण्डले सरकार गठन हुने बताए पनि यो गर्न भने नेताहरुलाई सकस भएको छ । साथै उनले प्रधानमन्त्री केपी शर्मा ओलीको यसमा पनि हार हुने जिकिर गरे ।

ओली सबैतिर नांगेझार भइसक्दा पनि लुगा लगाएर हिँडेको भान पार्दा आफू आश्चर्यमा परेको उनले बताए । अहिले दाहाल नेपाल समुह नयाँ सरकार बनाउने योजनामा रहेका छन् । यसका लागि उनीहरुले छलफललाई पनि तिब्रता दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्