दाहाल–नेपाल समूहको सचिवालय बैठकले गर्यो यस्ता दुई निर्णय

काठमाडौं , फागुन १७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहको बैठक आज बसेको छ ।योसँगै बैठकले दुई वटा निर्णय गरेको छ ।

सोमबार बिहान सिंहदरबारस्थित नेकपा संसदीय दलको कार्यालयमा बसेको सचिवालय बैठकले तत्काल दलको आधिकारिकता निरूपण गरिदिन निर्वाचन आयोगलाई ध्यानाकर्षण गराउने भएको छ ।

साथै  बैठकले पार्टीको आधिकारिकता निरुपण नहुँदा कानुनी उल्झन खडा भएको भन्दै छिनोफानो गरिदिन आग्रह गर्ने निर्णय पनि गरेको बताएको छ ।

त्यसैगरि, बैठकले तत्काल स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक आह्वान गर्ने निर्णय पनि गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । उनकाका अनुसार बैठक भोलि नै आह्वान हुनसक्ने सम्भावना रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्