९ पत्रकार युवा एवं खेलकुद पत्रकारिता पुरस्कारबाट सम्मानित

काठमाडौ , फागुन १६ । खेलकुद पत्रकारिता पुस्कारबाट ९ जना पत्रकार सम्मानित भएका छन् । युवा तथा खेलकुद मन्त्रालयले आइतबार एक कार्यक्रमकाबीच पत्रकारिताको माध्यमबाट खेलकुदको विकासको क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै ९ जनालाई सम्मान गरेको हो ।

जसमा कमल खत्री खेलकुद पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । पुरस्कारसँगै उनले नगद ५० हजार प्राप्त गरेका छन् । यस्तै प्रदेश–१ का हिमाल खरेल, प्रदेश–२ का रन्जनकुमार भण्डारी, बागमती प्रदेशका अनिल मल्ल ठकुरी, लुम्बिनीबाट माधवप्रसाद अर्याल, लुम्बिनी प्रदेशबाट मुक्तिबाबु रेग्मी, कर्णाली प्रदेशबाट भुपेश उपाध्याय र सुदूरपश्चिमबाट सिताराम ओझाले पनि खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार प्राप्त गरेका छन् ।

त्यस्तै खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार महिलातर्फ राष्ट्रिय समाचार समितिकी मुना कार्कीले प्राप्त गरेकी छन् । सम्मानित हुने सबैले २५–२५ हजार रुपैंपा प्राप्त गरेका छन् । सम्मानित सबैलाई युवा तथा खेलकुद मन्त्री दावा लामाले पुरस्कृत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्