रघुजी पन्तविरुद्ध कोमल वली अदालत जाने , के भनेका थिए पन्तले ?
काठमाडौं , फगुन १६ । समय समयमा नेताहरु विवादमा आउने गर्दछन् । उनीहरुको बोली चिप्लिदा यसरी विवादमा तानीने सम्म पुग्छन् ।यसैबीच अहिले नेता रघु पन्त विवादमा आएका छन् ।
नेकपाको दाहाल–नेपाल समूहमा रहेका स्थायी कमिटी सदस्य रघुजी पन्तले वली क्षमताले नभइ पोइल जान पाम् भन्दै सारी सर्क्याएर पिडुँला देखाएकै भरमा राष्ट्रियसभा सदस्य बनेको टिप्पणी उनले गरेका थिए । पन्तको अभिव्यक्ति ‘स्त्रीद्वेषी’ रहेको भन्दै अहिले सामाजिक सञ्जालमा आलोचना भइरहेको छ ।
यता गायिका एवं राष्ट्रिय सभाकी सांसद कोमल वलीले पन्त विरुद्ध अदालत जाने चेतावनी दिएकी छन।
आफू आज गृहजिल्ला दाङमा रहेको भन्दै वलीले मंगलबार काठमाडौँ आइपुग्ने र त्यसपछि कानुनी प्रक्रियामा जाने बताएकी हुन्।
नेता पन्तले प्रधानमन्त्री केपी शर्मा ओलीको ओलचाना गर्नै कोमल वलीलाई सांसद बनाएको भन्दै आलोचना गरेका थिए।
शनिवार राजधानीमा आयोजित कार्यक्रमा नेता पन्तले भनेका थिए, ‘कोमल वलीले सारी सर्काएर गोरा पिँडुला देखाएर पोइला जान पाम् भनेपछि सांसद तिनै भइन्। कलाप फुलेका बुढी कामरेडहरु न एकपटक राष्ट्रिय सभा सदस्य हुन पाएका छन् न त केन्द्रीय सदस्य हुन पाएका छन्’ भन्दै टिप्पणी गरेका थिए।
पन्तको त्यो भनाइको अहिले सर्वत्र विरोध भइरहेको छ। पन्तको अभिव्यक्तिले राजनीतिमा आबद्ध र विभिन्न पद, प्रतिष्ठामा पुगेका महिलाहरूको आत्मसम्मानमा चोट पुगेको र यसले आफूलाई मर्माहत बनाएको भन्दै महिलाहरुले नै चर्को विरोध गरिरहेका छन् ।















प्रतिक्रिया दिनुहोस्