केरुङ नाका सोमबारदेखि सञ्चालन हुने
काठमाडौं , फागुन १६ । बन्द रहेको केरुङ नाका सोमबारदेखि फेरि सञ्चालनमा आउने भएको छ । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका सोमबारदेखि पुनःसञ्चालन आउने परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले बताए ।
चीनमा बसन्त उत्सव समाप्त भएसँगै ल्होसारदेखि बन्द रहेको केरुङ नाका भोलिदेखि खुल्न लागेको बताएको छ ।सरकारले सीमा नाका खुलाउन चीनसँग गरेको प्रभावकारी कूटनीतिक प्रयासको परिणामस्वरुप उक्त नाका पुनःसञ्चालनमा आउन लागेको हो ।
परराष्ट्र मन्त्रालयले यहाँस्थित चिनियाँ दूतावास एवं बेइजिङ र ल्हासामा रहेका आफ्ना कूटनीतिक संयन्त्रहरूमार्फत नाका खोल्न अथक प्रयास गरेको थियो ।केरुङ नाका नखुल्दा आयात–निर्यात ठप्प भएको छ ।कोभिड–१९ ले थिलथिलो पारेको मुलुकको अर्थतन्त्रलाई अझ कमजोर पारेको छ ।
राज्यलाई दैनिक दुई करोडभन्दा बढी राजस्व योगदान गरिरहेको उक्त अन्तर्राष्ट्रिय व्यापारिक नाका बन्द भएपछि राज्यलाई घाटामात्र भएको छैन स्थानीय तथा नाकामा कारोवार गर्ने व्यापारीलाई समेत रोजी–रोटीको चिन्ता बढेको थियो । नाका खुलाउन चीन सहमत भएसँगै अब भने आयात ( निर्यातमा सहज हुने अपेक्षा लीएको छ ।
प्रतिक्रिया दिनुहोस्