गृहमन्त्रीले गरे आफ्नो स्वकीय अधिकृतलाई बर्खास्त

काठमाडौं, फागुन १६ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले आफ्ना स्वकीय अधिकृत वीरु तामाङलाई बर्खास्त गरेका छन् ।

तामाङलाई हटाउनुको कारण स्पष्ट नखुलाइएपनि उनी प्रचण्ड नेपाल समूहमा गएको र सूचना चुहाएको आरोपलाई पदमुक्त गरिएको अभियोगमा हटाइएको बुझिएको छ ।

गृहमन्त्री थापाले तामाङलाई दिएको पत्रमा भनिएको छ, ‘तपाईं मेरो स्वकीय सचिवालय अन्तर्गत स्वकीय अधिकृत पदमा कार्यरत रहिरहनुभएकोमा मिति २०७७/१०/३० गतेदेखि लागू हुने गरी उक्त जिम्मेवारीबाट मुक्त गरिएको व्यहोरा जानकारी तपाईंलाई गराइन्छ । साथै तपाईंले काम र कर्तव्य सम्पादन गर्नुभएकोमा धन्यवाद छ ।’

पछिल्लो समय नेकपा दुई समुहमा विभाजित भएपछि नियुक्ति तथा बर्खास्त गर्ने कार्य गरिहेका छन् ।

प्रतिक्रिया दिनुहोस्