म्यान्मारमा सैन्य कूको विरोध गर्ने प्रदर्शनकारीमाथि प्रहरीले चलायो गोली , एकको मृत्यु, अन्य दर्जनौं घाइते

काठमाडौं, फागुन १६ । म्यान्मारमा सैन्य कूको विरोध गर्ने प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाएको छ । गोली लाग्दा एक जनाको मृत्यु भएको छ।

आइतबार देशको दक्षिणी शहर दावीमा प्रदर्शनकारीमाथि गोली चल्दा एकजनाको मृत्यु हुनुका साथै अन्य दर्जनौं घाइते भएको सीएनएनले जनाएको छ।फेब्रुअरी १ तारिखमा चुनावमा धाँधली भएको बताउँदै सेनाले म्यानमारको सत्ता आफ्नो हातमा लिएका थिए।

त्यसयता म्यान्मारमा हजारौंले दैनिक प्रदर्शन गरिरहेका छन्। सो क्रममा हालसम्म ८ सयभन्दा बढी प्रदर्शनकारी पक्राउ परेका छन्। सयौं घाइते हुँदा केहीको यसअघि पनि मृत्यु भएको खबर छ।

अमेरिका, संयुक्त राष्ट्रसंघ लगायत विश्वका कयौं देशले सैन्य शासन अन्त्य गर्न चेतावनी दिँदै आएका छन्।  सेनाले भने एक वर्षपछि मात्र सैन्य शासन अन्त्य गर्ने र चुनाव जित्नेलाई सत्ता सुम्पिने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्