मैलुङ खोला जलबिद्यृत् कम्पनीले ७ करोड ३६ लाख बराबरको आईपिओ ल्याउँदै, कति कित्ता भर्ने ?

काठमाण्डौ , फागुन १५ । पहिलो चरणमा आयोजना प्रभावित रसुवा जिल्लाका स्थानियलाई आइपिओ निष्काशन गरि बाँडफाड गरिसकेको मैलुङ खोला जलबिध्युत कम्पनी लिमिटेडले अब सर्वसाधारणका लागि प्राथमिक निष्काशन गर्न लागेको छ ।

कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुलाई ७ करोड ३६ लाख २८ हजार ६ सय रुपैयाँ बराबरको सेयर जारी गर्ने लागेको हो ।

धितोपत्र बोर्डबाट अनुमति पाएपछि कम्पनीले आईपिओ निष्कासन गर्नेछ। यस कम्पनीको आइपिओ निष्काशन तथा बिक्री प्रबर्धनको काम सिध्दार्थ क्यापिटल लिमिटेडले गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्