गगृह मन्त्रालयले गर्यो ३६ सिडिओको सरुवा, को कहाँ भए ?
काठमाडौँ, फागुन १४ । गृह मन्त्रालयले ३६ जना सिडिओको सरुवा गरेको छ । मन्त्रालयले सहसचिव र उपसचिव गरी ५२ कर्मचारीको सरुवा तथा पदस्थापन गरेको हो । जसमध्ये ३६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) र केही जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीहरुको पनि हेरफेर गरिएको छ ।
जसमा गोरखा, कास्की, बागलुङ, चितवन, सिन्धुली, सिन्धुपाल्चोक, सुनसरी, इलाम, सल्यान, कैलाली, उदयपुर, दैलेख, दाङ, सप्तरी, ओखलढुंगा, सर्लाही, महोत्तरी, बाँके, काठमाडौँ, नुवाकोट, धादिङ लगायत जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।
शुक्रवार गृहमन्त्री स्तरको बैठकले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीदेखि अन्यको पदस्थापन तथा सरुवा गरेको हो।योगेन्द्र प्रसाद पाण्डेको जिल्ला प्रशासन कार्यालय, पाल्पामा सुरुवा गरिएको छ।
जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा सुरेश न्यौपानेलाई पठाइएको छ। त्यस्तै सिन्धुपाल्चोक जिल्ला प्रशासन प्रमुखमा अरुण पोखरेललाई पदस्थापन गरिएको छ।
प्रतिक्रिया दिनुहोस्