सिरियामा अमेरिकी हवाई कारबाहीः इरान समर्थक १७ लडाकू मारिए, तीन वटा ट्रक पनि ध्वस्त

काठमाडौं, फागुन १४ । सिरियामा अमेरिकी हवाई कारबाहीमा इरान समर्थक १७ लडाकू मारिएका छन् ।इरानको सीमा क्षेत्रमा पर्ने सिरियाली क्षेत्रमा हवाई कारबाहि भएको ‘द सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्स’ले शुक्रबार जानकारी दिएको छ ।

पहाडी इलाकामा भएको यस हवाई कारबाहीमा तीन वटा ट्रकहरू पनि ध्वस्त भएका छन् ।
सिरियामा सन् २०११ को मार्च महिनाबाट त्यहाँका राष्ट्रपति बसर अल असदको राजीनामाको माग गर्दै जनआन्दोलन शुरु भएको थियो ।

यो जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भएको थियो ।सो गृहयुद्ध इस्लामिक स्टेट (आइएस्) र अल कायदा जस्ता आतङ्ककारी समूहहरु हाबी हुँदै गएका थिए ।

यिनै आतङ्ककारी समूहहरूलाई कारबाही गर्ने क्रममा अमेरिकाले हवाई आक्रमण गर्दै आएको थिए । – फाइल तस्बिर 

प्रतिक्रिया दिनुहोस्