महिला लघुवित्तको आइपीओ बाँडफाँड, १४ लाख ९९ हजार १८२ जनाको हात खाली

काठमाडौं, १४ फागुन । महिला लघुवित्तको साधारण सेयर बाँडफाँड भएको छ । आइपीओ शुक्रबार बिहान ८ बजे बाँडफाँट भएको हो । यसमा ३७ हजार ५०० जना सर्वसाधारण लगानीकर्ताले गोलाप्रथाको माध्यमबाट १० कित्ताका दरले सेयर हात पारेका छन् । कुल १५ लाख ४० हजार ३५ जनाले आवेदन दिएकामा ३ हजार ३५३ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक नेपाल एसबीआई मचेन्ट बैंकिङले जानकारी गराएको छ ।

कुल १५ लाख ३६ हजार ६८२ जना योग्य आवेदकलाई गोलाप्रथामा सहभागी गराइएको हो । योग्य आवेदकमध्ये १४ लाख ९९ हजार १८२ जनाको हात खाली भएको छ । महिलाले माघ ३० गतेबाट फागुन ५ गतेसम्म ४ लाख कित्ता आइपीओ निष्कासन गरेको थियो । जसमध्ये ०।५५ ९५ हजार कित्ता० कम्पनीका कर्मचारीलाई सुरक्षित गरिएको थियो भने ५५ ९२० हजार कित्ता० सेयर म्युचुअल फन्डलाई छुट्याईको थियो । बाँकी ३ लाख ७५ हजार कित्ता सेयर सर्वसाधारणलाई बिक्री गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्