राजदूत रेग्मी र विश्वकर्माले लिए पद तथा गोपनीयताको सपथ

काठमाडौँ, फागुन १३ । बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी र दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत निर्मलकुमार विश्वकर्माले पद तथा गोपनीयताको सपथ लिएका छन्।

उनीहरुले राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा शपथ लिएका हुन् ।

सो अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्