भोलि भारत बन्दसहित चक्काजामको घोषणा , ८ करोड व्यापारी हड्तालमा
काठमाडौं, फागुन १३ । भारतका व्यापारीहरुले भोली भारत बन्दको घोषणा गरेका छन् । विभिन्न मागसहि त्यहाँका व्यापारीले बन्दको घोषणा गरेका हुन । बन्दमा देशभरका ८ करोड बढी व्यापारी संलग्न हुने भारतीय सञ्चार माध्यमले जनाएको छ ।
जीएसटी व्यवस्था सरल बनाउन माग गर्दै अखिल भारतीय ट्रेडर्सको संगठनले बन्दको घोषणा गरेको हो ।
देशभरका एक हजार पाँच सय ठाउँमा व्यापारीले धर्ना दिनेछन् । त्यस अवधिमा देशभर बिहान ६ बजेदेखि साँझ ८ बजेसम्म ट्राफिक जाम हुनेछ ।
साथै देशभरका सबै बजार पनि बन्द रहनेछन् । किसान आन्दोलनका बिच भोलि भारत बन्द हुँदा यसको मारमा भने नागरिक पर्ने भएका छन् । साथै ट्रान्सपोर्ट संगठनले पनि सोही दिन चक्काजामको घोषणा गरेको छ । – फाइल तस्बिर
प्रतिक्रिया दिनुहोस्