भाइहरूले खुसी भएर लड्डु खाएछन्, के पाउँछन् अब हेर्नुछ : प्रधानमन्त्री ओली

काठमाडौं , फागुन १२ । संसद पुनःस्थापना भएपछि पुष्पकमल दाहाल र माधव नेपालले खुशियालीमा हिजो साँझ एक –अर्कालाई लड्डु खुवाएका थिए ।यसप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले कटाक्ष गरेका छन् ।

बुधबार कृषि मन्त्रालयले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो कटाक्ष गरेका हुन् । उनले संसद् पुनःस्थापना भएर प्रचण्ड र नेपालले के जिते ? आफूलाई थाहा नभएको भनि प्रश्न गरेका छन् ।

सर्वोच्च अदालतको फैसला सामान्य प्रक्रिया भएको टिप्पण्णी गर्दै प्रधानमन्त्री ओलीले एक अर्कालाई लड्डु खुवाएको भन्दै यस्तो ब्यङग्य गरेका गरेका हुन् ।

उनले भने केही भाइहरूले लड्डु खुवाएछन् खुसी भएर । के जिते ? मलाई थाहा छैन । के पाउँछन् अब हेर्नुछ । मेरो विचारमा भोलि–पर्सिबाट फेरि राजीनामा देऊ भन्नुहुन्छ होला ।”

साथै ओलीले पदमा रहुन्जेल राम्रो काम गर्ने र आफ्नो संकल्पमा अदालतको फैसलाले कुनै असर नगर्ने पनि बताए । पदमा रहुन्जेल आफुले डटेर काम गर्ने उनको भनाइ रहेको थियो ।

उनले जतिबेलासम्म बाँचिन्छ राम्रो काम गर्ने र गतिशील हुने आफ्नो संकल्प रहेको पनि बताए । उनले जुनसुकै परिस्थितिमा पनि एकसमान रहने, नअत्तालिने आफ्नो स्वभाव रहेको भन्दै देश बनाइ छाड्ने सकंल्पमा अघि बढ्ने प्रतिबद्धता जनाए । उनले आफू प्रधानमन्त्री भएपछि हरेक क्षेत्र नयाँ युगमा प्रवेश गरेको दाबी पनि गरे ।

इतिहासमा धेरैले गौतम बुद्धको नाम सम्झिए पनि धेरै मान्छे प्रधानमन्त्री, राजा महाराजा भए कसले सम्झिएको छ ? भन्दै उनले भने, “अनन्तकालसम्म मलाई सम्झिरहनुहुन्छ भन्ने कुनै भ्रम छैन । म भ्रमहरूबाट मुक्त मान्छे हुँ ।”

प्रतिक्रिया दिनुहोस्