संसद पुनर्स्थापना भएसँगै प्रधानमन्त्री ओलीलाई राजीनमा दिन दबाब, के देलान त ?

पार्वती पाठक , काठमाडौं, फागुन १२ । सर्वोच्च अदालतले लामो समयको बसहपछि हिजो संसद पुनर्स्थापना भएको घोषणा गर्यो । प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते संसद विघटन गरेका थिए । प्रधानमन्त्रीको कदम बदर गर्दै सर्वोच्च अदालतले मंगलबार मात्रै संसद पुनःस्थापनाको फैसला गरेको हो । योसँगै जन प्रतिनिधिहरुको सर्वोच्च संस्था प्रतिनिधिसभा पुनःस्थापित भएको छ ।

संसद पुनःस्थापनासँगै विभिन्न क्षेत्र, निकाय तथा व्यक्तित्वहरुले विभिन्न कोणबाट आ आफ्ना धारणाहरु व्यक्त गरिरहेका छन् । प्रतिनिधिसभा विघटनलाई बदर गरेको सर्वोच्च अदालतको फैसला आएपछि विभिन्न नेताहरुले यसको खुलेर पनि प्रशंसा गरेका छन् । साथै अब नेताहरुले प्रधानमन्त्री ओलीको राजिनामा समेत माग्न थालेका छन् । नेकपाका अध्यक्ष प्रचण्डले त हिजो नै तत्काल राजीनामा दिन सुझाव दिएका थिए । यता नेकपा प्रचण्ड–माधव समूहका स्थायी कमिटी सदस्य पम्फा भुसालले पनि राजिनमा दिन माग गरेकी छन् ।

संविधानको हत्या गर्ने प्रधानमन्त्रीले राजीनामा नदिए १३ दिनभित्र गलहत्याएर निकाल्ने चेतावनी समेत उनले दिएकी छन् ।यसरी नेकपा प्रचण्ड–माधव समूहका नेताहरुले अब प्रधानमन्त्रीले राजिनामा दिनु पर्ने आवाज उठाइरहेका छन् । यता नेपाली काँग्रेसका महामन्त्री डा, शशांक कोइरालाले पनि अब बस्ने संसद बैठकमा प्रधानमन्त्रीले राजीनामा दिएर सहज राजनीतिक वातावरणका लागि मार्ग प्रशस्त गर्नुपर्ने बताएका छन् । अर्को तिर ओलीले सर्वोच्चको फैसला स्वीकार्ने बताएका छन् तर तत्काल राजीनामा भने नदिने सल्लाहकारमार्फत सन्देश उनले दिएका छन् ।

यसैबीच ओली समुह र दाहाल नेपाल समुहका छुटाछुटै बैठक बसिरहेका छन् । संसद पुनर्स्थापना भएपछि अब कसरी अगाडि जाने भन्ने बारे रणनिति बनाउन दुबै समुहले बैठक डाकेका छन् । ओली समुहको बैठक जारी रहेको छ । यस्तै फुटेको नेकपा मिल्छ कि मिल्दैन भन्नेमा धेरैको चासाको छ । प्रतिनिधिसभा विघटनपछि नेकपा दुई समूहमा विभाजन भएको छ ।

उनीहरुले सडक आन्दोलनदेखि जनप्रदर्शनसम्मा अलग–अलग कार्यक्रम गरेका छन् । कसरी अघि बढ्ने भन्नेमा दुबै समूहका नेताहरुले अनौपचारिक छलफल थालिसकेका छन् । यता आफुहरुको जित भएको भन्दै प्रचण्ड–माधव समूहले काठमाडौंमा विजय जुलुस निकालेको छ ।

हिजो मात्रै सर्वोच्च अदालतले संसद पुनर्स्थापना भएको घोषणा गरेको थियो । यसकै खुसियालीमा यो समूहले विजय जुलुस निकालेको हो ।जनताहरु प्नि सर्वोच्च अदालको फैसलामा खुशी भएका छन् । उनीहरुले अदालतले जनतालाई न्याय दिएको भन्दै धन्यवाद समेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्