संसद पुनर्स्थापनाको खुसियालीमा काठमाडौंमा प्रचण्ड–माधव समूहको विजय जुलुस

काठमाडौं , फागुन १२ ।आफुहरुको जित भएको भन्दै प्रचण्ड–माधव समूहले काठमाडौंमा विजय जुलुस निकालेको छ । हिजो मात्रै सर्वोच्च अदालतले संसद पुनर्स्थापना भएको घोषणा गरेको थियो । यसकै खुसियालीमा यो समूहले विजय जुलुस निकालेको हो ।

काठमाडौंका विभिन्न स्थानबाट निस्किएका जुलुस शान्तिवाटिकामा पुगेर सभामा परिणत हुने छ । विजय जुलुसमा सहभागीहरुले रातो टीका लगाएका छन् । सूर्य र हँसिया हथौडा बोकेका उनीहरुले लोकतन्त्र जिन्दावाद, केपी ओली बाईबाईलगायतका नारा लगाएका छन् ।

सभालाई अध्यक्षद्वय प्रचण्ड र माधव नेपालले सम्बोधन गर्ने कार्यक्रम छ ।संसद विघटनको विरोधमा पूर्वनिर्धारित विरोध कार्यक्रमलाई प्रचण्ड माधव समूहले बुधबार विजय जुलुसमा परिणत गरेको थियो ।

सो समूहले देशभर विजय जुलुस निकाल्न मातहतका कमिटीहरुलाई निर्देशन दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्