सुरु भयो प्रचण्ड-नेपाल र काँग्रेस सभापति देउवाबीच भेटवार्ता
काठमाडौँ , फागुन १२ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले काँग्रेस सभापति शेरबहादुर देउवासँगको भेटवार्ता शुरु भएको छ ।
प्रचण्ड-नेपाल काँग्रेस सभापति देउवालाई भेट्न बुढानिलकण्ठस्थित देउवा निवासमा पुगेका हुन् ।
सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्स्थापना गरेपछि पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल हुने बुझिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभा विघटन गरेपछि नेकपाको प्रचण्ड-नेपाल पक्ष र नेपाली काँग्रेसले सो कदमलाई असंबैधानिक भन्दै आन्दोलन गरेका थिए ।
अब सर्वोच्चले प्रधानमन्त्रीको कदम गलत भएको फैसला गरेपछि विकसित राजनीतिक घटनाक्रममा प्रचण्ड-नेपाल र देउवाबीच भेट हुन लागेको छ ।















प्रतिक्रिया दिनुहोस्