जनताले न्याय पाए , अब प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ : महामन्त्री कोइराला

काठमाडौं , फागुन १२ । नेपाली कांग्रेसका महामन्त्री डा, शशांक कोइरालाले सर्वोच्च अदालतले नेपाली जनतालाई न्याय दिएको बताएका छन् ।

न्यायालयले पञ्चायतको कालरात्रीमा पनि बीपी कोइराला, गणेशमानसिंह लगायत दर्जनौं नेतालाई न्याय दिएको बताउँदै उनले त्यसैको जगमा आज पनि फेरी जनताले न्याय पाएको महशुस गरिएको बताए ।

साथै उनले अब बस्ने संसद बैठकमा प्रधानमन्त्रीले राजीनामा दिएर सहज राजनीतिक वातावरणका लागि मार्ग प्रशस्त गर्नुपर्ने बताए ।

नेपाली कांग्रेस यतिखेर सरकारमा नजाने बताउँदै उनले बाहिरै बसेर नयाँ बन्ने सरकारलाई सहयोग गर्नु उपयुक्त हुने धारणा व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्