दाहाल-नेपाल कांग्रेस सभापति देउवासँग भेटवार्ता गर्ने तयारीमा

काठमाडौँ, फागुन १२ ।सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनः स्थापनाको निर्णय गरेसँगै मुलुक नयाँ सरकार गठनसहितको प्रक्रियामा अघि बढेको छ ।

अब नेताहरु भेटघाटमा व्यस्त छन् । यसैबीच  नेकपाका दुई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपालले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ताको तयारी गरेका छन् ।

प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय सर्वोच्च अदालतले बदर गरेसँगै प्रधानमन्त्री ओलीलाई अविश्वासको प्रस्तावमार्फत हटाउने तयारीमा जुटेको दाहाल-नेपाल समूहले नयाँ सरकारको समीकरण बनाउन देउवासँग भेट्न लागेको स्रोतले जनाएको छ ।

दाहाल(नेपालसँग छलफलको तयारी भए पनि समय तय भइनसकेको सभापति देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्