नेकपा (प्रचण्ड-माधव) समूहको संसदीय दलको बैठक बस्ने

काठमाडौं, १२ फागुन । सर्वोच्च अदालतले संसद विघटन बदर गरेपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा० प्रचण्ड)माधव समूहको संसदीय दलको बैठक बस्ने भएको छ ।

बैठक आज अपराह्न ४ बजेका लागि संसदीय दलको बैठक बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

यस बैठकमा संसदीय दलले आगामी संसद बैठकमा खेल्नुपर्ने भूमिका र रणनीतिलगायत समसामयिक राजनीतिथक विषयमा केन्द्रीत हुनेछ । प्रचण्ड९माधव समूहले यसअघि केपी शर्मा ओलीलाई संसदीय नेताबाट हटाएर प्रचण्डलाई नेता चयन गरिसकेको छ । सो समूहले ओलीलाई नेकपाको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ । यय घटनालाई कसरी समेत्ने निसकास दिने भन्नेमा सबै नेता तथा कार्यकर्ताहरुबीच अनोप्चारिक छलफल भने भइरहको छ ।

प्रतिक्रिया दिनुहोस्