प्रतिनिधिसभा विघटनको फैसला आजै सुनाउने तयारी, प्रधानमन्त्रीले बोलाए चारवटै सुरक्षा निकायका प्रमुख र मन्त्रीहरुलाई बालुवाटार

काठमाडौं, फागुन ११ । संसद विघटनको मुद्दा सुनुवाई भइरहेको सर्वोच्च अदालतको संवैधानिक इजलासमा इजलास जारी रहेको छ । ।इजलासले मंगलबार कार्यालय समय सकिएपछि पनि यो मुद्दामा सुनुवाइ गरिरहेको छ ।

इजलासमा सुनुवाइ भइरहँदा सर्वोच्च अदालत परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । अदालत परिसरमा रहेका रिट निवेदकलाई पनि इजलासमा बोलाइएको छ । यसैबीच सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा आजै फैसला सुनाउने तयारी गरेको छ ।

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको संवैधानिक इजलासले आजै फैसला सुनाउने तयारी गरेको हो। यता प्रधानमन्त्री केपी शर्माओलीले मन्त्रीहरु र चारवटै सुरक्षा निकायका प्रमुखहरुलाई बोलाएका छन् ।

आज बिहान बसेको राष्ट्रिय सुरक्षा परिषदको बैठकलगत्तै प्रधानमन्त्री ओलीले मन्त्री र सुरक्षा निकायका प्रमुखहरुलाई बालुवाटारमा छलफलका लागि बोलाएका हुन् । सुरक्षापरिषद बैठकमा निर्वाचन र शान्ति सुरक्षाका विषयमा छलफल भएको थियो ।

एकैदिन सुरक्षापरिषद बैठक र मन्त्रिपरिषद बैठक गरी प्रधानमन्त्रीले मन्त्री र सुरक्षा निकायका प्रमुखहरुलाई छलफलमा बोलाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । सुरक्षा परिषदको बैठकमा विप्लव नेतृत्वको नेकपामाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्ने विषयमा समेत छलफल भएको जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्