नेपालद्वारा क्यानडा १ विकेटले पराजित विश्वकप छनोट खेल्ने पक्का, नेपालको तर्फवाट करण के सी बने नायक

काठमाडौं । नामिवियामा जारी आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु अन्तर्गत आजको पाँचौ खेलमा नेपालले क्यानडामाथि एक विकेटको आश्चर्यजनक जित निकाल्दै नेपालले विश्वकप छनोटमा सुरक्षित स्थान बनाएको छ । नेपालको जितमा करण केसी नायक बने ।
क्यानडाले दिएको १९५ रनको लक्ष्य पछ्याएको नेपालले १४४ रन जोड्दा ९ विकेट गुमाइसकेको थियो । तर, नायक करणले सन्दिप लामिछानेसँग लोभलाग्दो आक्रामक पारी खेल्दै नेपाललाई जित दिलाए ।
अन्तिम ओभरमा नेपाललाई ६ बलमा ८ रन चाहिएको थियो र क्रिजमा करण थिए । लगातार चार बल उनले रन जोड्न सकेनन् । तर, पाँचौं बल छक्का हान्दै जितको आश जगाए ।
अर्को बल बाइड भएसँगै नेपालको खातामा एक रन थपियो र दुबै टिमको स्कोर ड्र भयो । अब अन्तिम बलमा मात्र एन रन चाहियो, जुन करणले सहजै पुरा गरे र नेपाललाई डिभिजन टूको फाइनलसँगै विश्वकप छनोटमा पुर्‍याए ।
३१ बलको सामना गरेका उनले ३ चौका र ४ छक्का हानेर नटआउट ४२ रन बनाए ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएका क्यानडाले श्रीमान्थ विजेरत्नेको शतकको मदतमा ५० ओभरमा ८ विकेट गुमाएर १९४ रन बनाएको थियो ।
क्यानडा तर्फवाट अरु ब्याट्सम्यानले ठूलो स्कोर बनाउन नसकेपनि श्रीमान्थले शतक पुरा गरे । उनी १०३ रनमा नटआउट रहे ।
नेपालका बसन्त रेग्मीले ३ विकेट लिए भने सन्दिप लामिछानले २ विकेट लिए । आजको खेलमा घुँडाको चोटको कारण सन्दिपले ९ ओभर मात्र बलिङ गरे ।
शरद भेषावकरले र करण केसीले एकएक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्