टी-२० सिरिजमा न्यूजील्याण्ड विजयी
काठमाडौँ , फागुन १० । न्यूजील्याण्ड टुरमा रहेको अस्ट्रेलिया पहिलो टी-२० खेलमा पराजित भएको छ । सोमबार सम्पन्न ५ खेलको टी-२० सिरिजको पहिलो खेलमा न्यूजील्याण्डले अस्ट्रेलियालाई ५३ रनले पराजित गरेको हो ।
न्यूजील्याण्डले दिएको १८५ रनको लक्ष्य पछाएको अस्ट्रेलिया १७.३ ओभरमा १३१ रन बनाउदा अल आउट भएको थियो ।अस्ट्रेलियाका लागि मिचेल मार्शले सर्बाधिक ४५ रन बनाए भने एष्टन अगरले २३, एडम जाम्पाले १३, माथ्यु वाडेले १२ रन बनाए ।
न्युजील्याण्डका बलर इश सोढीले ४ विकेट लिए भने टिम साउथी र ट्रेन्ट बोल्टले २-२ विकेट लिए ।यसअघि टस हारेर पहिला ब्याटिंग गरेको घरेलु टोलि न्यूजील्याण्डले २० ओभरमा ५ विकेट गुमाउदै १८४ रन बनाएको थियो ।
न्यूजील्याण्डका लागि डेभन कोनवेले अविजित ९९ रन बनाएका थिए । त्यस्तौ ग्लेन फिलिपले ३०, जेम्स नीशमले २६ रन बनाएका थिए ।अस्ट्रेलियाका बलर डानियल साम्स र झे रिचार्ड्सनले २-२ विकेट लिए ।
योजितपछि न्यूजील्याण्ड ५ खेलको सिरिजमा १-० ले अगाडी रहेको छ । सिरिजको दोस्रो खेल अब फेब्रुअरी २५ मा हुने तालिका रहेको छ ।















प्रतिक्रिया दिनुहोस्