मेलम्ची सुरुङको परीक्षण सफल, कहिले आउला त अब काठमाडौं बासीका धारामा पानी ?
काठमाडौं, फागुन १० । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङको परीक्षण सफल भएको छ । साढे २६ किलोमिटर सुरुङमा सोमबार पानी भरेर परीक्षण गरिएको हो । मुहानस्थित अस्थायी ड्यामबाट पठाएको पानी २७० मिटर पार भएको छ ।
यसअघि ३ चैत्र २०७६ मेलम्ची खानेपानी आयोजनाको मुहानस्थित मुख्य सुरुङमा पानी हालेर परीक्षण गरिएको थियो । त्यतिबेला आयोजनाको मुहानस्थित ‘हेड वर्क्स’ बाट अम्बाथान अडिटसम्मको एक किलोमिटर सुरुङमा पानी पठाएर पहिलो परीक्षण गरिएको हो ।
खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी विकास समितिले आवश्यक सम्पूर्ण प्राविधिक काम पूरा गरेसँगै पानी हालेर दोस्रो परीक्षण गरिएको हो । खानेपानी आयोजनाको सुरुङ परीक्षणको क्रममा खानेपानीमन्त्री मणि थापा र युवा तथा खेलकुदमन्त्री दावा तामाङले स्वीच दबाएर पानी पठाएको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तले बताए ।
गत असारमै सुरुङमा पानी भनेर परीक्षण गरिएको थियो तर हेलुम्बु गाउँपालिका–१ स्थित अम्बाथानको अडिटको मुख्य गेट ९ नम्बर १७० फुटेर निस्केको पानीले आयोजनाका एक इन्जिनीयर र चालकलाई बगाएको थियो ।
त्यसपछि आयोजनाको मुख्य दातृ निकाय एशियाली विकास बैंक ९एडीबी० को अनुदान सहयोगअन्तर्गत चारजना विशेषज्ञको टोलीले सुरुङ, मुहानस्थल, गेटलगायतका संरचनाको पुनः जाँच गरेको थियो ।
विगतको जस्तो दुर्घटना नहोस् भन्नका लागि आयोजनाले यसपालि विशेष सतर्कता अपनाएको थियो । परीक्षणका क्रममा हेलिकोप्टरलाई तयारी अवस्थामा राखिएको थियो । खत्रीका अनुसार सिन्धुपाल्चोकको मेलम्ची खोलादेखि काठमाडौंको सुन्दरीजलसम्मको साढे २६ किलोमिटर सुरुङ भर्न १६ दिन लाग्नेछ । शुरुवाती चरण भएकाले सुरुङको क्षमताअनुसार पानी नछाडिने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्