फागुन २३ गतेदेखि ६० वर्ष माथिका व्यक्तिलाई खोप लगाउने तयारी
काठमाडौं, फागुन ९ । सरकारले फागुन २३ गतेदेखि ६० वर्ष माथिका व्यक्तिलाई खोप लगाउने तयारी गरेको छ । यसका लागि आज मात्रै भारतबाट १० लाख डोज खोप नेपाल आइपुगेको छ । भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरेको २० लाख डोज ‘कोभिशिल्ड’ खोप नेपालले खरिद गरेको हो ।
यसका लागि सरकारले ९३ करोड रकम सेरम इन्स्टिच्युटलाई बुझाएको छ । बाँकी १० लाख डोज खोप भने केही दिनमा आइपुग्ने जनाइएको छ ।
भारत सरकारले अनुदानमा खोप दिएको १ महिनापछि नेपालले खोप खरिद गरेको हो ।माघ ८ गते भारतबाट १० लाख डोज खोप नेपाल आएको थियो । अहिले नेपालमा कोरोना खोपको अभियान चलीरहेको छ । हालसम्म ३ लाख ८३ हजार ३ सय ९६ जनाले खोप लगाइसकेका छन् ।















प्रतिक्रिया दिनुहोस्