प्रतिगमन विरुद्ध बृहत नागरिक आन्दोलनः नारा- ‘टुँडिखेल फिर्ता गर’, ‘गणतन्त्र जिन्दावाद’
काठमाडौं , फागुन७ । बृहत नागरिक आन्दोलनको आह्वानमा शुक्रबार टुँडिखेलमा मार्च भएको छ । रत्नपार्क, शंखधर साख्वा पार्कबाट सुरु भएको मार्च भद्रकाली, शहीद गेट हुँदै संकटा मन्दिरमा पुगेर सभामा परिणत भएको छ ।
मार्चमा सहभाीहरुले ‘टुँडिखेल फिर्ता गर’, ‘गणतन्त्र जिन्दावाद’, नागरिक आन्दोलन सफल पारौं, ‘प्रतिगमन मुर्दावाद’को नारा लगाएका थिए ।
मार्चमा सहभागीहरु टुँडिखेलमा प्रवेश गर्ने आशंकामा सबै गेटमा ताला लगाएर सुरक्षाकर्मी परिचालन गरिएको थियो । साथै ‘नागरिक आन्दोलन घोषणापत्र २०७७’ जारी गरेको छ।
शुक्रबार काठमाडौँको टुँडिखेलमा नागरिक भेला तथा प्रदर्शन गर्दै आन्दोलनको तर्फबाट युवा अधिकारकर्मी जेबी विश्वकर्माले उक्त घोषणापत्र बाचन गरेका हुन्।
प्रतिक्रिया दिनुहोस्