चुनावबाट भाग्ने हो भने किन राजनीति गर्न ? : सभापति देउवा

काठमाडौँ , फागुन ७ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचनदेखि काँग्रेस नडराउन बताएका छन् ।

नुवाकोटमा आयोजित काँग्रेसको कार्यालय उद्घाटनको कार्यक्रममा बोल्दै सभापति देउवाले यस्तो बताएका हुन् । उनले ढिलो चाडो हुने निर्वाचनका लागि काँग्रेस तयार भएर बस्नुपर्ने बताए ।
नेपालमा संबिधान नबुझ्ने कोहि नभएको बताउदै सभापति देउवाले अदालतलाई विश्वास गर्न पनि आग्रह गरे ।

अदालतमा विचाराधीन मुद्धामा बोल्दा विचार पुर्याउनुपर्ने बताउदैअदालतको निर्णय जे हुन्छ त्यसलाई काँग्रेसले मानेर जाने सभापति देउवाको भनाइ रहेको थियो ।

सभापति देउवाले प्रचण्ड र ओली चुनाव चिन्हका लागि लडिरहेको बताउँदै उनले काँग्रेसकै नेताहरु चुनावमा जान हुन्न भनिरहेको पनि चर्चा चलीरहेको बताए । सभापति देउवाले काँग्रेसलाई कसैले हराउन नसक्ने भन्दै काँग्रेसलाई काँग्रेसले नै हराउने भएकाले आउदो चुनावमा मिलेर चुनावमा जाने बताए ।

चुनावबाट भाग्ने हो भने किन राजनीति गरेको भन्दै बैशाखमा भएपनि जेठमा भएपनि दुई बर्षपछि भएपनि चुनावका लागि तयार हुन कार्यकर्तालाई निर्देशन दिए । अदालतले संसद पुनर्स्थापना गरेपनि चुनाव दुई बर्षपछि हुने बताउदै चुनावबाट डराउन नहुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्