ग्लोबल आइएमई बैंकद्वारा चितवनमा बैंकिङ्ग प्रणालीबाट भुक्तानी गर्ने सेवा सुरु

काठमाडौं, फागुन ७ । ग्लोबल आइएमई बैंक लिमिटेडले चितवन जिल्लाको ट्राफिक जरिबाना बापत बुझाउनु पर्ने रकम बैंकिङ्ग प्रणालीबाट भुक्तानी गर्ने सेवा सुरु गरेको छ ।

बैंक लिमिटेड र जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवन बीच भएको आपसी समझदारी अनुरुप चितवन जिल्लाभर सवारी नियम उल्लघंन हुँदा बुझाउनु पर्ने जरिबाना रकम बैंकका जुन सुकै शाखाकार्यालय बाट बुझाउन सकिनेछ ।

चितवनमा आयोजित एक विशेष कार्यक्रमबीच प्रहरी नायव महानिरीक्षक बसन्त कुमार लामाले उक्त सेवाको शुभारम्भ गर्नुभएको छ ।ग्राहकवर्गको सेवा तथा सुविधालाई मध्यनजर गर्दै बैंकले समय समयमा यस किसिमका योजनाहरु ल्याएर ग्राहकहरु लाई लाभान्वित गर्दै आएको छ ।

बैंकका नारायणगढ शाखाका प्रबन्धक नारायण प्रसाद पौडेलले जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको सहकार्यमा बैंकले आम जनमानसमा सरल सेवा प्रदान गर्ने कुरा व्यक्त गर्नुभएको छ ।

बैंकले मुलुकभर तथा मुलुक बाहिर गरी सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले ७ वटै प्रदेश तथा ७५जिल्लामा बैंकको २७० शाखा, २४२ एटीएम, ४७ राजश्व संकलन एवम  ्एक्सटेन्सन काउन्टर,२४५ शाखा रहित बैंकिङ्ग सेवा तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी करिब ८०० सेवा केन्द्रबाट २२ लाख भन्दा बढि ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्