राष्ट्रपतिद्वारा प्रदेश २ का प्रदेश प्रमुख परियार बर्खास्त, राजेश झा नियुक्त

काठमाडौं, फागुन ७ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ का प्रमुख (गभर्नर) तिलक परियारलाई पदमुक्त गरेकी छन्। आज राष्ट्रपति भण्डारीले प्रदेश प्रमुख परियारलाई पदमुक्त गरेकी हुन्।

२०७६ कार्तिक १९ गते प्रदेश प्रमुखमा नियुक्त भएका परिवारलाई मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले पदमुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

‘सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूबाट नेपाल सरकार मन्त्रिपरिषदबाट सिफारिस भई आएअनुसार नेपालको संविधानको धारा १६५ को उपधार १ को खण्ड  (ख) बमोजिम प्रदेश नम्बर २ का प्रदेश प्रमुख श्री तिलक परियारलाई पदमुक्त गर्नुभएको छ’, राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

यसैबीच राष्ट्रपति भण्डारीले प्रदेश २ को प्रदेश प्रमुख (गभर्नर)मा रौतहट जिल्लाका राजेश झालाई नियुक्त गरेकी छन्।

राष्ट्रपति भण्डारीले आज शुक्रबार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा २ बमोजिम उनलाई नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

 

No description available.

प्रतिक्रिया दिनुहोस्