१७ दिनपछि बुझे भागरथीका आफन्तले शव

काठमाडौं, फागुन ७ । हत्या भएको १७ दिनपछि भागरथीका आफन्तले आज शब बुझेका छन् । बैतडीमा बलात्कारपछि हत्या गरिएकी १७ वर्षे भागरथी भट्टको शव बुझेसँगै शब यात्रापनि सुरु भएको छ ।

बैतडी सदरमुकाम गोठालापानीबाट महाकाली नदीको शेरा आर्यघाटका लागि शव यात्रा सुरु भएको हो ।

भागरथीको हत्या गरेको अभियोगमा प्रहरीले १६ बर्षीय दिनेश भट्टलाइ पक्राउ गरेको प्रहरीले सार्वजनिक गरिसकेको छ ।

अभियुक्तले भागरथीको बलात्कारपछि हत्या गरेको स्विकार गरिसकेको प्रहरीको दाबी छ ।

गत माघ २१ गते विद्यालयबाट घर फर्किने क्रममा बेपत्ता भएकी भागरथी भोलिपल्ट बलात्कारपछि हत्या गरेको अवस्थामा मृत फेला परेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्