प्रतिनिधि सभा विघटनविरुद्ध प्रचण्ड–नेपाल समूहले मानव साङ्लोले घे¥यो टुँडिखेल
काठमाडौं, फागुन ६ । चौथो चरणको पूर्वघोषित आन्दोलनको कार्यक्रम अन्तर्गत प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आज मानव साङ्लो बनाएर टुँडिखेललाई घेरेको छ।
प्रतिनिधि सभा विघटनविरुद्ध चौथो चरणको आन्दोलनलमा रहेको नेकपाले बिहीबार अपरान्ह ४ बजेदेखि एक घण्टाका लागि काठमाडौँको टुँडिखेललाई मानव साङ्लोले घेरेको हो।
मानव साङ्लोमा सहभागीहरुले ‘प्रतिनिधि सभाको असंवैधानिक विघटन खारेज गर, प्रतिगमन रोक्छौँ रोक्छौँ, बढ्दो महँगी नियन्त्रण गर, ओली जहाँ भ्रष्टाचार त्यहाँ’ जस्ता नारा लेखिएका प्लेकार्ड समेत बोकेका थिए ।
प्रतिनिधि सभा विघटन, महँगी, मूल्यवृद्धि आदिको विरोधमा टुँडिखेल मानव साङ्लोले घिरेको बताएको छ ।टुँडिखेल घेराउमा काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला कमिटीलाई रत्नपार्कको आकासेपुलदेखि भद्रकाली, भद्रकालीदेखि सुन्धारासम्म विद्यार्थी संगठनका नेता–कार्यकर्ता, मजदुरहरुलाई भोटाहिटीदेखि रत्नपार्कको आकासे पुलसम्म रहने गरी स्थान विभाजन गरिएको थियो ।
मानव साङ्लोका लागि केन्द्रीय तहका नेताका साथै विभिन्न जनवर्गीय संघठनका नेता कार्यकर्ता सहभागी थिए । प्रदर्शनमा अनेरास्ववियू, राष्ट्रिय युवा संगठन, अखिल नेपाल ट्रेड युनियन महासंघलगायतका भ्रातृ संगठनका नेता तथा कार्यताहरु सहभागी भएका थिए । नेकपाका नेता कार्यकर्ताले संसदविरुद्ध आन्दोलन गर्दै आएको छ ।















प्रतिक्रिया दिनुहोस्