सञ्चार क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ: सञ्चारमन्त्री गुरुङ

काठमाडौँ, फागुन ६ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले पत्रकारितामा अराजकता र विकृति मौलाउँदै गएको बताएका छन् । मन्त्रालयमा आज आयोजित पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले भने, “सञ्चार क्षेत्रमा नीतिगत सुधारसँगै थुप्रै सुधार गर्नुपर्ने छ, त्यसका लागि सञ्चार क्षेत्रका विज्ञहरुको सुझावको आवश्यकता छ ।”

साथै उनले सरकारको आगामी नीति र कार्यक्रम र बजेटमा पत्रकारिता क्षेत्रबाट समावेश गर्नुपर्ने विषयबारे सुझाव दिन पनि आग्रह गरेका छन् ।मन्त्री गुरुङले सञ्चार क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै सुझावको माग गरका हुन् ।

सरकारका प्रवक्ता गुरुङले दूरसञ्चारमा देखिएका समस्याका कारण पनि दुर्गम जिल्लाका पत्रकारले समस्या भोग्नुपरेको बताए । उक्त विषयलाई जतिसक्दो चाँडो सम्बोधन गरिने पनि उनले प्रतिबद्धता व्यक्त गरे ।

साथै उनले प्रत्येक वडा कार्यालय, विद्यालय र घरघरमा इन्टरनेट पु¥याउने सरकारको योजना रहेको जनाकारी दिए । अझै पनि कतिपय दुर्गम जिल्लामा इन्टरनेको पहुँच पुग्न सकेको छैन् । उनीहरु सेवा लीन बाट बन्चित रहेका छन् ।

यसको सामाधान गर्ने आश्वासन भने मन्त्री गुरुङले दिएका हुन् । पछिल्लो समय पत्रकारितामा अराजकता र विकृति मौलाउँदै गएको बताउँदै उनले विश्वसनीयतामा प्रश्न उठ्न थालेको बताए । यसको पनि गुणस्तर मापन गर्नुपर्ने बेला आएको उनको भनाइ रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्