बेरोजगार हुनुहुन्छ ? अब साधना लघुवित्तमा रोजगारी अवसर
काठमाडौं, फागुन ६ । साधना लघुवित्त वित्तीय संस्थाले नायब महाप्रबन्धक पदका लागि कर्मचारीको माग गरेको छ । संस्थाले प्रकाशित गरेको सूचनामा जनाए अनुसार आप्mनो योग्यता पुगेका जो कसैले यहि फागुन महिनाको ११ गते सम्म उक्त पदका लागि दरखास्त दिन सक्ने लघुवित्तले जनाएको छ ।
दरखास्त वालाले मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातकोत्तर उत्र्तीण गरी बैंक तथा वित्तीय संस्थाहरुमा कम्तिमा १० वर्ष र लघुवित्त कम्पनीमा ३ वर्ष काम गरेको हुनुपर्ने लघुवित्तले जनाएको छ ।
साथै, व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका दरखास्त वालाहरुलाई विशेष प्राथमिकता दिइने भएको छ ।
गोरखा नगरपालिका ६ हरामटारीमा केन्द्रिय कार्यालय रही राष्ट्रिय स्तरको लघुवित्तको रुपमा कार्य सञ्चालन गर्दै आएको छ । लघुवित्तले दुर्गम र ग्रामीण क्षेत्रमा लघुवित्त बैंकिङ्ग सेवाप्रदान गर्दै आई रहेको छ ।
प्रतिक्रिया दिनुहोस्