टेक्सासमा आँधीबेहरीबाट २१ जनाको मृत्यु, अझै चिसो हावा चल्ने चेतावनी

काठमाडौँ , फागुन ६ । अमेरिकाको टेक्सासमा आँधीबेरीबाट २१ जनाले ज्यान गुमाएका छन् । यस आँधीबेरीले त्यहाँको विद्युत आपुर्ति पनि बन्द भएको छ भने मानिसहरु बीचबाटोम नै अलपत्र परेका छन् ।यता खराब मौसमको बारेमा राष्ट्रपति बाइडेनले पहिला नै उक्त स्थानमा आपतकालिन स्थिति घोषणा गरेका छन् ।

राष्ट्रपति बाइडेनले यस अवस्थालाई मध्यनजर गर्दै तुरुन्त राज्यहरुमा सहयोग गर्न निर्देशन दिएका छन् । अमेरिकी राष्ट्रीय मौसम सेवा विभागको अनुसार, भीषण शीत आँधीबेहरीको कारण दक्षिणी मैदान क्षेत्रमा भारी हिमपात भएको हो । न्यु इंग्ल्याण्डमा पनि भारी वर्षा भइरहेको छ ।

त्यस्तै “डीप साउथ”को अवस्था पनि निकै गम्भीर भएको छ । क्यानडा देखि मेक्सिको सम्म चिसो हावा चल्ने चेतावनी दिइएको छ । यस कारण पनि अझै जनजिवन प्रभावित हुने देखिएको छ ।

उत्तरी क्यारोलिनाको ब्रैंसविक काउन्टीमा मौसम निकै खराब रहेको छ । शिकागोमा ४६ सेन्टिमिटर सम्म हिउँ जमेको छ । त्यस्तै टेक्सासमा बिजुली कटौतीको कारण करिब ४० लाख मानिसको व्यवसाय प्रभावित भएको छ ।

टेक्सासले अस्पताल र नर्सिंग होमलाई प्राथमिकता दिने योजना बनाएको छ । राज्यमा हजार भन्दा पनि धेरै मानिसको लागि ३५ आश्रयस्थलको व्यवस्था गरिएको छ । ह्यूस्टनको एक आश्रयस्थलमा पाँच सय भन्दा धेरै मानिस राखिएको छ । लगातारको हिमआँधीबेरीले जनजिवन प्रभावित भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्