इन्फ्रास्टक्चरको बजार पुँजीकरण १ खर्ब पुग्यो

काठमाडौं , फागुन ६ । इन्फ्रास्टक्चरको बजार पुँजीकरण एक खर्ब पुगेको छ । बिहिबार निफ्राको बजार पुँजीकरण १ खर्ब ९ अर्ब २० करोड रुपैयाँ पुगेको हो ।

निफ्राको सेयर मूल्य ४९ रुपैयाँले बढेर ५ सय ४६ रुपैयाँ प्रतिसेयर मूल्य पुगेको छ । बुधबार निफ्रको सेयर मूल्य ४ सय ९७ रुपैयाँ थियो । सेयर बजारमा कारोबार भएयता निफ्राको वृद्धि रोकिएको छैन ।

सेयर बजारमा नेपाल इन्फ्रास्टक्चर बैंकको सेयरको भाउ बढेको बढयै छ । निफ्रा आज सबैभन्दा बढी कमाउने लिस्टको छैटौ नम्बरमा परेको छ ।

प्रतिक्रिया दिनुहोस्