प्रतिनिधिसभा विघटनः देउवा भन्छन्- अदालतले जे फैसला गर्छ हामी त्यो स्वीकार गर्छौं
काठमाडौं, फागुन ६ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अदालतले जे फैसला गर्छ त्यो आफुहरुले स्वीकार गर्ने बताएका छन् । बिहीबार नेपाल मगर संघको गण्डकी प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन् ।
उनले भने, ‘अदालतले पुनस्थार्पना गर भन्यो भने स्वीकार गर्छौं, चुनाव गर भन्यो भने पनि स्वीकार गर्छौं ।’ उसमा हाम्रो कुनै आपत्ति छैन । साथै देउवाले प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई ध्रुविकरणमा लगेको आरोप लगाएका छन् ।
उनले देश संसद पुनस्र्थापनाको पक्ष र विपक्षमा बाँडिएको भन्दै उनले अदालतले गर्ने फैसला स्वीकार्य हुने बताए । देउवाले जुलुस निकालेर अदालतलाई यसो गर, उसो गर भनेर भन्न नहुने फेरि दोहो¥याएका छन् । जुलुस हेरेर फैसला गर्ने अवस्था आए कांग्रेसले जुलुस निकाल्न पनि नसक्ने उनले बताए ।
‘हामीसँग पैसा पनि छैन । जबरजस्ती बोलाउन पनि सक्दैनौं’ कांग्रेस सभापति देउवाले भन।’ यति बेला संसद पुनस्र्थापनाको पक्ष र विपक्षमा बहस भइरहेको छ भने नेकपाको दाहाल नेपाल समुह आन्दोलनमा होमीएको छ । नेपाली काँग्रेस पनि आन्दोलनमै छ ।















प्रतिक्रिया दिनुहोस्