दुई साताभित्र २० लाख डोज खोप ल्याउँदै सरकार
काठमाडौं , फागुन ६ । सरकारले दुई साताभित्रै २० लाख डोज खोप ल्याउने भएको छ ।
स्वास्थ तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले अबको दुई साताभित्र कोभिड–१९ विरुद्धको २० लाख डोज खोप ल्याइसक्ने बताएका छन् ।
आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री त्रिपाठीले यस्तो जानकारी दिएका हुन् । उनले खोप खरिदका लागि भारतको सिरम इन्स्टिच्युट अफ इन्डियालाई रकम पनि पठाइसकेको जानकारी दिए ।
आउँदो जुन महिनासम्म सबै नागरिकलाई खोप दिइसक्ने सरकारको योजना छ । सरकारले भारतबाट प्रतिखोप चार अमेरिकी डलरका दरले २० लाख डोज खोप ल्याउन लागेको हो ।
अहिले नेपालमा खोरोना खोेप अभियान जारी नै रहेको छ ।
प्रतिक्रिया दिनुहोस्