प्रचण्ड भन्छन- प्रतिनिधि सभा पुर्नबहाली हुन्छ, हून्छ

काठमाडौं, फागुन ६ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभा पुर्नबहाली हुने बताएका छन् । उनले यसको सम्भावना बढेको बताउँदै आफुहरु यसमा विश्वस्त बताएका छन् ।

बाराको निजगढमा सञ्चारकर्मी र पार्टी कार्यकर्ताहरुसँग संक्षिप्त कुरा गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । उनले प्रतिनिधि सभा पुर्नबहााली हुने सम्भावना बढिसकेको बताएका छन् ।
अहिले पार्टी कार्यकर्ता र सर्वसाधारणमा पनि सर्वोच्च अदालतले के फैसला गर्ला र नेकपाको आधिकारिकता कुन पक्षले पाउला भनेर चासो बढेको छ । यसरी चासो बढिरहदा प्रचण्डले यस्तो बताएका हुन् ।

उनले देशभरीको जनमत संसद पुर्नवहालीको पक्षमा रहेको र अदालतको सहयोगी एमिकस क्युरीले समेत संसद विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई नभएको बताई सकेका कारण पछिल्लो समय वातावरण प्रतिनिधि सभा पुर्नबहााली हुनेतर्फ नैं अघि बढेको उनले बताए ।

निर्वाचन आयोगले पनि आफुहरुलाई नैं नेकपाको आधिकारिकता दिने उनको भनाई रहेको छ ।
त्यसैगरी सर्वोच्च अदालत र निर्वाचन आयोगले अपेक्षा विपरित फैसला भएमा तपाईहरु के गर्नु हुन्छ भनेर सञ्चारकर्मीहरुले सोधेको प्रश्नमा उनले त्यस्तो नहुँने र त्यस्तो भई हाले देशमा चुनाव हुँन नसक्ने पनि बताएका छन् ।

दुर्घटनाबाट निधन भएका नेकपा केन्द्रिय कमिटी सदस्य डाचाराम वाग्लेको शोक सभामा सहभागी हुँन सलाहीतर्फ जाने क्रममा प्रचण्डले निजगढका पार्टी कार्यकर्ताहरुसँग भेटघाट गरेका हुन् ।
प्रचण्डसँग नेकपा स्थायी कमिटी सदस्य नारायणकाजी श्रेष्ठ, नेकपा नेता पूरुषोत्तम पौडेल, पार्टी बारा जिल्ला अध्यक्ष अनिल श्रेष्ठ, सचिव सुन्दर विश्वकर्मा लगायतका नेता कार्यकर्ताहरुको पनि उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्